नेपाली खेलाडी सम्मिलित क्लबद्वारा बङ्गलादेश पुलिस फुटबल क्लब पराजित
काठमाडौँ । नेपाली टोलीका दिपा शाही र विमला बिकले गोल गरेको बङ्गलादेश महिला लिगको चौथो चरणको खेलमा राजशाही स्टार्स फुटबल क्लबले बङ्गलादेश पुलिस फुटबल क्लबलाई ७–० गोलले हराएको छ ।
बङ्गलादेशकी स्टार रितु पोर्ना चक्माले २ गोलमा राजशाहीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । दिपाले ५२ औँ र विमलाले ७७ औँ मिनेटमा गोल गरेकी थिइन् । दिपा र विमला दुवै त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । बङ्गलादेश जानुअघि दिपाले माल्दिभ्समा लिग खेलेकी थिइन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका डिफेन्डर द्वय नेपाल पुलिस क्लबका पूजा राना र समीक्षा घिमिरे सम्मिलित फारवेशगन्ज स्पोर्टिङ्ग क्लब बङ्गलादेश महिला लिगको अर्को खेलमा विजयी भएको छ । पूजाले पनि गोल गरेको खेलमा फारवेशगन्जले सिराज स्रिटी सान्गोडलाई ९–० गोलले हराएको छ । चौथो चरणको खेलमा फारवेशगन्जले पहिलो हाफमा नै ४–० गोलले अग्रता लिएको थियो ।
४ गोल गरेकी सामसुनाहरले पहिलो हाफमा नै ह्याट्रिक गरेकी थिइन् । पूजाले ६९ औँ मिनेटमा गोल गरेकी थिइन् । पहिलो पटक बङ्गलादेश लिग खेलिरहेकी पूजाले यसअघि भुटानमा पनि लिग खेलेकी थिइन् ।







प्रतिक्रिया राख्नुहोस्