तपाईँ सुन्दै हुनुहुन्छः

पालिकाद्वारा आयोजित टि–ट्वन्टी क्रिकेटको उपाधि चैनपुर क्रिकेट क्लबलाई

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाद्वारा आयोजित टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको उपाधि चैनपुर क्रिकेट क्लबले जितेको छ ।

आज भएको फाइनल खेलमा महुवन क्रिकेट क्लबलाई हराउँदै चैनपुरले उपाधि उचालेको हो । महुवनले दिएको १८३ रनको लक्ष्य चैनपुरले १८ ओभरमै पूरा गर्याे ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि तथा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले उपाधि विजेता चैनपुरलाई नगद ५० हजार सहित ट्रफी र उपविजेता महुवनलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो ।

सोलकुपुर युवा समाजले आयोजना गरेको प्रतियोगिताको समापन समारोहमा पूर्व प्रदेश सभा सदस्य मन्जुर अन्सारी, आरिफ अन्सारी लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा १२ क्रिकेट टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button