तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।

सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आज आयोजित विशेष समारोहमा सरिक भई प्रधानमन्त्री कार्कीले पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माताको शाह सालिकमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण समेत गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगण लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button