तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा अस्पतालमा बिहीबारदेखि आकस्मिक बाहेक सबै सेवा बन्द गरिने

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको एक मात्र सङ्घीय अस्पताल डडेल्धुरा अस्पतालले बिहीबारदेखि आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने जनाएको छ । 

बुधबार अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि नेकपा बहुमत निकटको (युवा सङ्गठन कम्युनिष्ट युवा सङ्गठन नेपाल)ले  कार्यकक्षमै कालोमोसो  दलेको थियो । 

अध्यक्षमाथि अमानवीय व्यवहार गरिएको भन्दै अस्पताल विकास समितिले बुधबार एक विज्ञप्ति सार्वजनिक गरेको छ । समितिका सदस्यद्वारा सार्वजनिक विज्ञप्तिमा उक्त घटनाको घोर भर्त्सना गरिनुका साथै कर्मचारी र पदाधिकारीहरूको मनोबल गिराउने र अस्पतालको सेवा प्रवाहमा थप असर पुगेको उल्लेख छ । 

“दोषीलाई तत्काल कानुनी दायरमा नल्याए बिहीबारदेखि आकस्मिक बाहेक सबै सेवा बन्द गरिने” विज्ञप्तिमा उल्लेख छ । यता प्रहरीले भने घटनामा संलग्नहरूको खोजविन भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी धनी चन्दले घटना घटेको ८ मिनेटपछि प्रहरीलाई खबर आएको र जिल्लाभर खोजी बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button