तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्ष योग दिवसका कार्यक्रम सप्ताहव्यापी हुने

काठमाडौँ । यस वर्षको राष्ट्रिय योग दिवस ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल आदर्श वाक्यका साथ मनाइँदैछ । नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाइँदै आएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको मूल समारोह उपसमितिको बैठकबाट यस वर्ष सप्ताहव्यापी रूपमा योग दिवसका कार्यक्रमलाई प्राथमिकताका साथ प्रचारप्रसार गर्ने निर्णय भएको छ । ऋषि महर्षिको तपोवन मानिएको नेपाल योग साधनाको उद्गम थलोका रूपमा मानिएको छ ।

दैनिक योगाभ्यासले मानिसलाई अनुशासित, नैतिकवान् मात्र नभई स्वस्थ तथा शरीर फुर्तिलो र जाँगरिलो बनाउने विश्वास गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button