सदभाव भड्किन नदिन बीरगंजमा निषेधाज्ञा
बीरगंज। जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजे देखि अर्काे आदेश नभएसम्मकालागि वीरगंज महानगरपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ ।
स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) बमोजिम वीरगंज महानगरपालिकाको पूर्वमा बसपार्क, पश्चिममा सिर्सीया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रहरूमा कुनै किसिमको भेला गर्न, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।
उक्त आदेशको उलङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनद्वारा जारी निषेधाज्ञामा उल्लेख गरिएको छ ।
वीरगंजमा आपसी सद्भाव भड्काउने खालका प्रदर्शन दिनहुँ हुन थालेपछि स्थानिय प्रशासनले कडा कदम चालेको हो ।









प्रतिक्रिया राख्नुहोस्