पहिचान नखुलेको पुरुषको शव फेला
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा एक वृद्ध पुरुषको मृत अवस्थामा शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार, पूर्व–पश्चिम राजमार्गबाट करिब ४० मिटर दक्षिणतर्फ पर्ने भित्री सडकमा आज बिहान करिब ७ बजेर ४५ मिनेटको समयमा एक पुरुषको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक रुपेश झाको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको छ। मृतक अन्दाजी ६० देखि ७० वर्ष उमेर समूहका थारु समुदायका व्यक्ति भए पनि हालसम्म उहाँको सनाखत हुन सकेको छैन ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने कार्य सम्पन्न गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्