तपाईँ सुन्दै हुनुहुन्छः

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

बेइजिङ । चीनले मङ्गलवार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

लङ मार्च–४बी रकेटमार्फत प्रक्षेपण गरिएको ‘तियानहुई–७’ उपग्रह स्थानीय समयअनुसार दिउँसो १२ः१२ बजे उडान भरेको हो । प्रक्षेपण केन्द्रका अनुसार उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ ।

यो उपग्रह मुख्य रूपमा भौगोलिक नक्साङ्कन, भूमिस्रोत सर्वेक्षण तथा वैज्ञानिक अनुसन्धानका कार्यमा प्रयोग गरिने बताइएको छ । उक्त प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाको ६२२औँ उडान मिसन हो ।

चीनको अन्तरिक्ष प्रविधि तथा पृथ्वी अवलोकन क्षमतामा यो प्रक्षेपणले थप प्रगति दर्शाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button