तपाईँ सुन्दै हुनुहुन्छः

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता: मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौँदेखि काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभएको छ । 

सडक बोर्ड, नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने कारबाही हुन्छ भन्ने सन्देश दिनका लागि पनि ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभयो ।  

उहाँले कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुःखको अन्त्यका लागि पनि ठेक्का तोडिएको उल्लेख गर्नुभयो । सडक विभागले हालसम्म ४० वटा रुग्ण ठेक्का तोडेको छ ।

नियोजित रूपमा कुनै पनि ठेक्का नतोडिएको प्रस्ट पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको पनि बताउनुभयो । 

उहाँले विकास बजेट निर्माण व्यवसायीमार्फत खर्च हुने भएकाले देश विकासमा निर्माण व्यवसायीको ठुलो योगदान रहेकाले उनीहरूको क्षमता एवम् दक्षता अभिवृद्धिमा जोड दिनुभयो । 

मन्त्री घिसिङले सडक मर्मत सम्भारलाई नियमित रूपमा तदारुकताका साथ गर्न निर्देशन दिनुभयो । 

सडक पूर्वाधारको मर्मत सम्भार तथा संरक्षण खर्च व्यवस्थापनका गर्न ‘सेवाका लाथि दस्तुर’ सिद्धान्त अनुरूप बोर्डले उपभोक्ताबाट दस्तुर उठाइ वित्तीय व्यवस्थापन गरिने अवधारणालाई विस्तार गर्दै लैजाने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button