भिरबाट लडेर एक जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका—६ मामाङखेमा बाख्रा चराउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बाख्रा चराउने क्रममा थोक्लाबी भिरबाट लडेर सुक्तेन थाबेगु टोलका ३० वर्षीय विजय लिम्बुको मृत्यु भएको हो । सोमबार बिहान बाख्रा चराउन थोक्लाबी पुगेका लिम्बु भिरबाट अन्दाजी २ सय मिटर तल खासेवा खोलामा उत्तानो परी मृत अवस्थामा रहेको भन्ने खबर आएको वडाध्यक्ष सुखराज लिम्बुले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्