उदयपुरमा १० हजार नयाँ मतदाता थपिए
उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरमा १० हजार नयाँ मतदाता थपिएका छन् ।
नयाँ थपिएकामा अधिकांश नयाँ पुस्ता रहेको समेत जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरमा २०७९ को आमनिर्वाचनमा दुई लाख २८ हजार ९४६ जना मतदाता रहेका थिए । अहिले निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरमा दुई लाख ३८ हजार ९२६ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका अनुसार १ लाख २१ हजार ८६६ पुरुष र १ लाख १७ हजार ५८ महिला र अन्यमा २ जना गरी उदयपुरमा जम्मा दुई लाख ३८ हजार ९२६ मतदाता कायम भएको छ ।
उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा तीन नगरपालिका पर्दछन् । भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा १ नगरपालिकासहित चार गाउँपालिका पर्दछन् ।
जसमा सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ को चौदण्डीगढी नगरपालिकामा २० हजार ६६ पुरुष र २० हजार २८३ महिला गरी जम्मा ४० हजार ३४९ मतदाता कायम भएका छन् ।
यसैगरी बेलका नगरपालिकामा १७ हजार ५४० पुरुष र १६ हजार ६६० महिला गरी कुल ३४ हजार २ सय मतदाता कायम भएका छन् । त्रियुगा नगरपालिकामा ३३ हजार ८४६ पुरुष र ३४ हजार ४०७ महिला गरी कुल ६८ हजार २५५ मतदाता कायम भएका छन् ।
यससँगै उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ को कुल मतदाता सङ्ख्या ७१ हजार ४९२ पुरुष, ७१ हजार ३५० महिला र अन्य २ गरी जम्मा १ लाख ४२ हजार ८०४ कायम भएका छन् ।
उता उदयपुर सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको उदयपुरगढी गाउँपालिकामा पुरुष, ११ हजार ९९ र महिला ९ हजार ७८० गरी कुल २० हजार ८७९, रौतामाई गाउँपालिकामा पुरुष ७ हजार ९६५ र महिला ७ हजार २८गरी १४ हजार ९९३, लिम्चुङबुङ गाउँपालिकामा पुरुष ४ हजार ५६५ महिला ४ हजार १२४ गरी कुल ८ हजार ६८९ कायम भएका छन् ।
यसैगरी कटारी नगरपालिकामा पुरुष २१ हजार ४९७ र महिला १९ हजार ९०९ गरी कुल ४१ हजार ४०६ यसैगरी ताप्ली गाउँपालिकामा पुरुष ५ हजार २८८, महिला ४ हजार ८६७ गरी कुल १० हजार १५५ कायम भएका छन् ।
यससँगै उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं.२ मा पुरुष ५० हजार ४१४ र महिला ५४ हजार ७०८ गरी कुल ९६ हजार १२२ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दाहालले जानकारी दिनुभयो ।
उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं. १ मा ५२ वटा मतदान स्थल र १६० मतदान केन्द्र कायम गरिएको छ भने सङ्घीय निर्वाचन क्षेत्र नं. २ मा ५१ वटा मतदान स्थलमा ११५ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्