तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रपति भण्डारीद्वारा डा ‍आचार्यको स्वास्थ्य लाभकाे कामना

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

आज पुरानो बानेश्वरस्थित उहाँको निवासमा पुगेर डा आचार्यका परिवारजनसँग भेट गरी अस्वास्थ्य रहनुभएकी डा आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । 

डा आचार्यले पूर्व राष्ट्रपति भण्डारी तत्कालीन समयमा राष्ट्रपति रहनुभएको बेला विज्ञ सल्लाहकारका रूपमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button