बाँकेमा १७ हजार मतदाता थपिए, मतदाता स्थल र केन्द्र पनि थप
नेपालगन्ज । बाँकेमा १७ हजार मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले जिल्लामा १७ हजार ५ सय ५ जना मतदाता थपिएको जानकारी दिनुभयो । जिल्लामा अब मतदाताको सङ्ख्या ३ लाख ५१ हजार ४ सय ३९ पुगेको छ ।
बाँकेमा ३ वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा १ लाख २१ हजार ५ सय ३१, क्षेत्र नम्बर २ मा ९८ हजार ५ सय १२ र क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ८ सय ९१ मतदाता छन् । निर्वाचन कार्यालयका प्रमुख शाहीले जिल्लामा मतदाता स्थल र केन्द्र पनि थपिएको बताउनुभयो ।
१ सय ३८ मतदान स्थल रहेको बाँकेमा एउटा मतदान स्थल थपिएको छ । ३ सय ८० वटा मतदान केन्द्र रहेको बाँकेमा अब ४ सय ३ वटा मतदान केन्द्र भएको छ । अहिलेसम्म कोहलपुर नगरपालिकाको वडा नम्बर ८ र ९, खजुरा गाउँपालिकाको वडा नम्बर ७ र राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ को मतदान केन्द्र अपायक भएकाले सार्न निवेदन दिइएको छ ।
जिल्लामा २ सय ४१ वटा निवेदन त्रुटि सच्याउन र ४ सय ६८ वटा निवेदन अद्यावधिक गर्नका लागि परेको छ ।कार्यालयले दोहोरो नाम भएका ९ सय ५४ जनाको नाम हटाएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्