तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको स्थलगत रेडियो बहस सम्पन्न

उदयपुर । सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल) ले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा स्थलगत रेडियो बहस कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सरकारद्वारा सञ्चालन भइरहेका विकास निर्माण, सेवा प्रवाह तथा समसामयिक गतिविधिलाई केन्द्रमा राखेर बहस रेडियो नेपालले बहस कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण नागरिक, उद्योग  वाणिज्य संघका प्रतिनिधि, सञ्चारकर्मी, तथा विभिन्न सरोकारवाला निकायबीच प्रत्यक्ष संवाद गरिएको थियो ।

oplus_2097152

रेडियो बहस कार्यक्रम रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरी, भानुभक्त खड्का र उदयपुर संवाददाता अन्जनी कुमार अधिकारीले सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो । स्थानीय तहको पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका कर्मचारी सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले आ–आफ्नो धारण राख्नुभएको थियो ।

बहसका क्रममा सहभागीहरूले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ सरल, पारदर्शी र सर्वसुलभ बनाउनुपर्ने सुझाव दिनुभएको थियो । साथै कृषि उत्पादनलाई प्रोत्साहनसँगै बजारीकरण गर्ने कार्यक्रम ल्याउनुपर्ने, किसानको हित सुनिश्चित गर्नुपर्ने, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती महिला लगायतलाई छिटो सेवा प्रवाह गर्नुपर्ने, सार्वजनिक यातायातमा अपाङ्गता भएकाहरूलाई सुलभ भाडादर निर्धारण गराउन सहजीकरण गर्नुपर्ने, नगर अस्पतालको सेवा सुविधालाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

त्यसैगरी सहभागीहरू स्थानीय सडक स्तरोन्नति, शैक्षिक गुणस्तरमा सुधार, कार्यालयमा सुशासन प्रवर्द्धन तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्ने विषयहरूमा पनि सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सरोकारवाला निकायका उपस्थित सहभागीहरूले राखेका गुनासो तथा जिज्ञासाको जवाफ चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्राकारले दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button