मैथिली फिल्म “कलकतियावाली” प्रदर्शनको तयारीमा

जनकपुरधाम । मैथिली भाषा र संस्कृतिको उत्थानमा टेलिसिरियल मार्फत सक्रिय रहेको मिथिलाका प्रसिद्ध कलकतीया बाली समूहले पहिलो पटक ठुलो पर्दाकाे “कलकतियावाली” फिल्म निर्माण गरेर प्रदर्शनको तयारी गरेको छ ।
आउन लागेको पुस ४ गते शुक्रवार जनकपुरधामको आशा चलचित्र मन्दिरमा कलकतियावाली फिल्मको प्रदर्शन हुने आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्म प्रदर्शनको विषयमा जानकारी दिइएको हो ।
नेपाल चलचित्र बोर्डबाट सेन्सर गरेर प्रदर्शनमा ल्याउन लागेका कलकतियावालीको भूमिका निर्वाह गर्नु भएका प्रमुख कलाकार अविनाश झाले सामाजिक चेतना फैलाउनमा फिल्म सहयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।
सामाजिक विकृति एवं विसङ्गति प्रति गहिरो प्रहार गरेर समाजमा सकारात्मक शोच मार्फत परिवर्त्य हुने विषयमा गहिरो सन्देश “कलकतियावाली” फिल्म दिने वरिष्ठ कलाकार रामनारायण ठाकुरले बताउनु भयो ।
फिल्ममा राम्रो कथाका साथै कहानी राम्रो हुने भएकाले दर्शकलाई २ घण्टा १५ मिनट बितेको थाहा नै हुँदैन । यसमा भएका गीतहरू निक्कै हिट भएकाले दर्शकहरूले मन पराउने विश्वास कलाकारहरूले गर्नु भएको छ ।
एक सातासम्म चल्ने कलकतियावालीलाई दर्शकले मन पराएको खण्डमा प्रदर्शनको अवधि थप गरिने भएको छ । मिथिलाञ्चलको विभिन्न जिल्ला तथा विहारका मैथिली भाषिको बाक्लो बसोबास गरेको मधुबन्नी तथा दरभंगामा रहेको चलचित्र मन्दिरमा प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।
विभिन्न भूमिकामा करिब ४० जना कलाकारहरूले फिल्ममा अभिनय गर्नु भएको छ । फिल्मका निर्माता विजय यादव रहनु भएको छ भने निर्देशन अरुण विजया रहनु भएको छ । फिल्ममा अविनाश झा, रामनारायण ठाकुर, ईसिका भुजेल, श्याम शशी सहितका कलाकारहरूले अभिनय गर्नु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्