तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आप्रवासन दिवस: श्रमिकको अधिकार र योगदान केन्द्रमा

काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस पौष १ देखि ७ गतेसम्म श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रित गरेर मनाइने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर विविध कार्यक्रमहरूका साथ दिवस मनाउन लागिएको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले आप्रवासनका क्षेत्रमा हुने अपराध अन्त्य गरी सुरक्षित र मर्यादित आप्रवासन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सचिव पुष्करले श्रमिकमाथि हुने ठगी रोक्न र सुरक्षा सचेतना बढाउन देशका विभिन्न स्थानमा आप्रवासन सम्बन्धि आधिकारिक सूचना दिने माध्यमहरू सञ्चालन गरिएको पनि जानकारी दिनुभयो ।

त्यस अवसरमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेले सप्ताहव्यापी मनाइने आप्रवासन दिवसको अवसरमा वाकाथन, खेलकुद, विज्ञ अन्तर्क्रिया, रक्तदान र स्वास्थ्य शिविर तथा दूतावासलाई कृतज्ञता पत्र प्रदान गर्ने जस्ता विभिन्न सचेतनामूलक, अन्तरक्रियात्मक तथा सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button