तपाईँ सुन्दै हुनुहुन्छः

 डडेल्धुराबाट काँग्रेस सभापति देउवाको नाम सिफारिस

डडेल्धुरा । एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट काँग्रेसले नेपाली काँग्रेसका केन्द्रिय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको एकल नाम सिफारिस गरेको छ । 

बिहीबार नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठकले फागुन २१ गते सम्पन्न हुने सङ्घीय निर्वाचनका लागि देउवाको नाम प्रदेश कमिटीलाई पठाइएको जिल्ला पार्टी सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । 

उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि ५ जना समानुपातिक उम्मेदवारहरूको पनि नाम सिफारिस गर्न बैठक बसिरहेको जानकारी दिनुभयो ।

१ पटक गृहमन्त्री ५ पटक प्रधानमन्त्री र दुई पटक नेपाली काँग्रेसको पार्टी सभापति बनिसक्नु भएका  देउवा यस अघि २०४८, २०५१, २०५६, २०६४, २०७०,२०७४ र ०७९ गरि सात पटकको निर्वाचनमा डडेल्धुराबाट लगातार चुनाव जित्दै आउनु भएको छ । सभापति देउवा अहिले डडेल्धुराबाट आठौं पटक चुनाव लडिरहनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button