नेकपाको पार्टी एकता सन्देश सभा डडेलधुराबाट शुभारम्भ
डडेल्धुरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता सन्देश सभा बुधबार डडेलधुराबाट शुभारम्भ भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा पुग्ने एकता सन्देश सभा नेकपा समाजवादीका केन्द्रिय सदस्य नरबहादुर विष्टको अध्यक्षतामा शुभारम्भ गरिएको नेकपाले जनाएको छ ।

कार्यक्रममा नेकपामा नेता भिम रावल, खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाह लगाएतका सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
एकता सन्देश सभामा बोल्दै पूर्व गृह मन्त्री तथा नेकपाका नेता भिम रावलले जेनजी आन्दोलनका क्रममा नेपालले गुमाएको प्रतिष्ठा फिर्ता ल्याउनुपर्ने बताउनुभयो ।
एकता सन्देश अभियान बिहीबार डोटीमा आयोजना हुने नेकपाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्