तपाईँ सुन्दै हुनुहुन्छः

नारायणीमा डुबेर युवक बेपत्ता 

चितवन । भरतपुर महानगरपालिका–१, नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं–६ बस्ने २८ वर्षीय प्रकाश घिमिरे रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट विपद्सहितको टोलीले नारायणी किनारमा निजले लगाएको कपडा र एक थान मोबाइल फेला भेटिएको जनाएको छ । 

वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बेपत्ता युवकको खोज तलास कार्य भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button