तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः जनकपुरले टस जितेर बलिङ रोज्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्दै छन् । प्लेअफको दौडबाट बाहिरिइसकेका दुवै टोली आज प्रतिष्ठाका लागि खेल्नेछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको छ । प्रतियोगितामा दुवै टोलीले समान छ खेलबाट एक/एक खेलमा मात्रै जित निकालेका छन् । 

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले  एलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button