हेटौँडामा सडक विस्तार : एकै दिन ५३१ संरचना भत्काइयो

हेटौँडा I वर्षौंदेखि साँघुरो रहेको हेटौँडा बजार सडक विस्तार परियोजनाअन्तर्गत रातोमाटोदेखि बुद्ध चोकसम्म ६.३ किलोमिटर र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चोकदेखि सामरी पुलसम्म ३.२ किलोमिटर गरी कुल ९.५ किलोमिटर सडक खण्डमा पर्ने सडक सीमाभित्रका संरचनाहरू हटाउने काम सम्पन्न भएको छ ।

२५–२५ मिटर सडक सीमा तोकिएको क्षेत्रमा पर्ने सार्वजनिक, सामुदायिक र व्यक्तिगत गरी कुल ५३१ घर–टहरा शनिबार डोजर प्रयोग गरेर भत्काइएको सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

मङ्सिर २० गते एकै दिन सबै संरचना हटाइसकेपछि सडक डिभिजनले उपयोगी झ्याल–ढोका तथा अन्य सामग्री सुरक्षित गर्न २ दिनको समय दिएको छ। त्यस्तै भत्किएको क्षेत्र ४ दिनभित्र पूर्णरूपमा खाली र सफा गर्नुपर्ने कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्