सवारी दुर्घटनामा परी बुबाको मृत्यु, दुई छोरा र एक छोरी घाइते
रौतहट । सवारी दुर्घटनामा परि रौतहटमा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते हुनुभएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक रहेको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न बस र मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनुभएको हो । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा उक्त घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा पठाइएकोमा साँझ सवा ५ बजेतिर चिकित्सकहरूले मृत घोषणा गर्नुभएको थियो । पटेलले चलाएको मोटरसाइकलमा सवार उहाँका छोरा १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल र १२ वर्षीय युवराज पटेल तथा छोरी ११ वर्षीया आकृति पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
घटनापछि बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्