पहिलाको सरकारले ल्याएको चलचित्र विधेयक फिर्ता नगरिने: मन्त्री खरेल

काठमाडौँ । सरकारले यस अघिको सरकारले ल्याएको चलचित्र विधेयक यो सरकारले फिर्ता नगर्ने जनाएको छ ।
सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको चलचित्र विधेयक, २०८१ माथिको छलफल गर्न आज बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र क्षेत्रसँग सम्बन्धित केही सङ्घसंस्थाहरूले आफूलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको भन्दै समितिले नै सरोकारवालासँग छलफल गरेर विधेयक अगाडि बढाउन समितिलाई आग्रह गर्नुभयो ।
चलचित्र बिकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभाबी हुन नदिइने भन्दै मन्त्री खरेलले चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन हुने गरी कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरु डा. वेदुराम भुसाल, गंगा बेलवासे गोपाल भट्टराईलगायतले बदलिँदो परिवेशअनुसार नेपाली चलचित्रलाई राम्रो उद्योगका रुपमा प्रवद्र्धन गर्ने गरी कानून आवश्यकता भएको बताउनुभयो ।
बैठकमा समिति सभापति तुलसाकुुमारी दाहालले सरोकारवालाहरूसँग विस्तृत छलफल गरेर विधेय अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्