एनपिएलः टस जितेर ब्याटिङ गर्दै पोखरा
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखरा टस जितेर ब्याटिङ गर्दैछ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा र अनिल साहका नेतृत्वमा रहेको साविक विजेता जनकपुर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छन् । जनकपुर र पोखरा यसअघि खेलेका दुवै खेलमा पराजित भएका थिए । पोखरा पुछारबाट क्रमशः पहिलो र जनकपुर दोस्रो स्थानमा छ ।
प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । आज नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्