रवि लामिछानेको मुद्दाको सुनुवाइ आज पनि स्थगित
रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।
सो मुद्दा आज बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा परेको थियो ।
रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गरी पाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयो । गत साता पनि लामिछानेकै कानुन व्यवसायीले स्थगितको निवेदन दिएर रोकिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएपछि अदालतले लामिछाने र जोशीको मुद्दा एकसाथ हेर्न यसअघि नै आदेश दिएको थियो । त्यसयता जोशीको तर्फबाट एक पटक र लामिछानेको तर्फबाट दुई पटक स्थगन भएको हो ।








प्रतिक्रिया राख्नुहोस्