तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

'ग्रामीण महिलाको अवस्था अझै कष्टकर, चेतना विकास अपरिहार्य'

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले महिलाका सन्दर्भमा बनेका राम्रा कानुन कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज प्रधानमन्त्री कार्यालयमा लीगकै हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको शुभारम्भ समारोहमा प्रधानमन्त्री कार्कीले कुनै एक महिला प्रधानमन्त्री र राष्ट्रपतिको कुर्सीमा बस्दैमा महिलाको सहभागिता सुनिश्चित भई समानता आएको मान्ने अवस्था नभएको बताउनुभयो । 

महिलाहरू राजनीतिमार्फत नीति निर्माण तहमा पुग्ने सके मात्रै महिलाका सवालमा निर्णय गर्न सकिने बताउनुहुँदै प्रधानमन्त्री कार्कीले समाजमा महिलामाथि हुने हिंसा निवारण गर्न समाजलाई जगाउनुपर्नेमा जोड  दिनुभयो । 

अझै पनि ग्रामीण क्षेत्रका महिलाहरू कष्टकर जीवन जिउन विवश भएको बताउनुहुँदै प्रधानमन्त्री कार्कीले समाजमा महिला पुरुष समान हुन भन्ने भावना विकास गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

यस अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले महिलाको आर्थिक सशक्तीकरणका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । 

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले प्रविधिको दुरुपयोगबाट महिला तथा किशोरीहरूमाथि हिंसा बढेको भन्दै लीगकै हिंसा विरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसै गरी महिला हिंसाविरुद्धको पुरुष अभियानका संयोजक संजोग ठकुरीले महिला हिंसा अन्त्यका लागि पुरुष अभियान महत्त्वपूर्ण हुने बताउनुभयो । 

प्रत्येक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानका रूपमा विश्वभरि नै  मनाइने गरिन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button