स्पिनरले राम्रो प्रदर्शन गर्दा जीत सहज भयो: कप्तान लामिछाने

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो । जनकपुर सामू सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्वपूर्ण रह्यो ।
जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिए पनि बलिङ राम्रो हुँदा जित सम्भव भयो ।”
लामिछानेले स्पिनर नरेन भट्टको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नरेन आज जुन खालको बलिङ गर्यो, त्यो उत्कृष्ट थियो, उसले पावरप्ले र अन्तिमतिर पनि राम्रो बलिङ गर्यो ।”
विराटनगरको लगातारको तेस्रो जित टिम सन्तुलित भएकाले पनि सम्भव भएको उहाँको भनाइ थियो । जनकपुरलाई पराजित गर्ने क्रममा लामिछानेले एक्लैले चार विकेट लिएका थिए ।
जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले आगामी खेलमा ब्याटिङमा सुधार गर्दै लैजाने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्