तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्री कार्कीको सचिवालयको नियुक्ति  कार्यविधिअनुसार नै भएको’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा भएका नियुक्तिबारे उठेका समाचारप्रति प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार सचिवालयमा गरिएको नियुक्ति कार्यविधिअनुसार नै भएको जनाइएको छ। कार्यविधिले प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीले र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ।

प्रधानमन्त्रीको पारिवारिक अवस्था र सुरक्षा कारणले नजिकबाट सहयोग गर्न आवश्यक विश्वासिलो व्यक्तिलाई मात्र प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको कार्यालयले जनाएको छ।

सचिवालयको ६७ दरबन्दीमध्ये अहिले २० जना मात्रै नियुक्त गरिएको र सरकार मितव्ययिता तथा पारदर्शितामा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

सरकार सुशासन र निष्पक्ष निर्वाचनमा केन्द्रित भइरहेका बेला आएका भ्रामक सामग्रीमा विश्वास नगर्न कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button