तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु 

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ मा पर्ने ठोङठोङको भीरमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । 

दुर्घटनामा परी विगु गाउँपालिका वडा नम्बर– २ वराङ देउलाङका २१ बर्षीय आङफुर्वा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । 

मृतक तामाङ मङ्गलवार साँझ ७ बजेतिर विगु वडा नम्बर– १ मा रहेको सिस्नेरी हाइड्रोपावरका कर्मचारी सुजन भण्डारीको बा ४२ प ४९०० नम्बरको मोटरसाइकल लिएर गएको तर रातिसम्म पनि घर नआएपछि तामाङको खोजी सुरु गरिएको थियो । 

मोटरसाइकल धनी सुजन भण्डारी र मृतकको आफन्तले खोजी गर्ने क्रममा बुधवार बिहान करिब १०ः०० बजेतिर ठोङठोङको भीरबाट झण्डै एक सय मिटर तल तामाङलाई मृत अवस्थामा भेटिएको थियो । 

तामाङको आफन्तले घट्नाबारे प्रहरीलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको समेत सहयोगमा मृतकको शव भीरबाट निकालिएको प्रहरीले जनाएको छ । 

ज्येष्ठ नागरिक मृत फेला

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर– ३ खोल्मे खोलामा ८२ बर्षीय ज्येष्ठ नागरिक रेवती खत्री मृत भेटिएको प्रहरीले जनाएको छ । 

दोलखाको जिरी नगरपालिका वडा नम्बर– ८ होसिङगाकी ज्येष्ठ नागरिक खत्री गत कार्तिक २६ गते माइतीघर बैतेश्वरको पात्ले जाने भन्दै घरबाट हिँडेको स्थानीयको बताएका छन् । आफन्तले खोजी सुरु गरेको र बुधवार दिउँसो खत्रीलाई खोल्मे खोलाको पानीमा मृत भेटिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button