‘विध्वंसमा सहभागीहरूलाई पहिचान गरी दण्डित गर्नुपर्छ’
नेपालगञ्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शान्तिपूर्ण आन्दोलनलाई हिंसामा बदल्ने काम नवयुवाहरूले गर्नै नसक्ने बताउनुभएको छ । नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा आज नेपालगञ्जमा भएको जनप्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले गत भदौ २४ गते मच्चाइएको विध्वंसमा सहभागी भएकाहरूको पहिचान गरी दण्डित गर्नुपर्ने बताउनुभयो ।

उक्त विध्वंस नवयुवाहरूको आवरणमा गरिएको पोखरेलको भनाई छ । महासचिव पोखरेलले भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल निर्बाध सञ्चालनको पक्षमा थालिएको शान्तिपूर्ण जेनजी आन्दोलनमा मानव ढाल बनाएर विध्वंस मच्चाइएको बताउनुभयो ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न नेताहरूले सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्