तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी महानिरीक्षक खापुङको बिदाइ

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाउनुभएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताउनुभएको छ ।  

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उहाँको अनुभव राष्ट्रलाई खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईँहरूको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ ।”

गृहसचिव रामेश्वर दङ्गालले प्रहरी सङ्गठनको नेतृत्वमा रहेर खापुङले देखाउनु भएको कार्यकुशलता प्रशंसनीय रहेको बताउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रहरी महानिरीक्षक खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button