तपाईँ सुन्दै हुनुहुन्छः

आइजिपी खापुङद्वारा प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट

काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले आज प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको सो भेटका क्रममा आइजिपी खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित हुनुभएको थियो।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले खापुङको कार्यकालका उपलब्धिहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि राष्ट्र सेवामा योगदान जारी राख्ने विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा खापुङले आफ्नो कार्यकालमा सहयोग र मार्गदर्शन प्रदान गरेकोमा सरकारप्रति आभार प्रकट गर्नुभयो।

नव नियुक्त प्रहरी महानिरीक्षक कार्कीले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै संस्थाको व्यावसायिकता, अनुशासन र जनसेवामा अझै सुदृढता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button