तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय एआई केन्द्रको औपचारिक सुरुवात गरेको छ । मन्त्रालयमा आज एआई केन्द्रको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एआई केन्द्रको स्थापनाले नेपाल डिजिटल सूचना र एआई क्षेत्रमा इतिहास रच्ने ऐतिहासिक मोडमा पुगेको बताउनुभयो । 

मन्त्री खरेलले एआईको विकासले देशमा डिजिटल सुशासन, रोजगारीका अवसर, नीति कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव आदेश खड्काले एआई सम्बन्धी मापदण्ड र कानुनी प्रक्रिया भोलिबाट सुरु गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button