उदयपुरमा ट्याक्टरबाट खसेर एकको मृत्यु
उदयपुर । उदयपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने नौ बजे जिल्लाको त्रियुगा नगरपालिका–५ गेरुवाई खोला नजिक लालपत्ता–दमौतीको कच्ची सडकखण्ड स्थित पिपलचौरीमा लालपत्ता तर्फ आउँदै गरेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स १ त ५४३५ नम्बरको थ्रेसर मेसिन जडान गरिएको ट्याक्टरमा सवार त्रियुगा नगरपालिका वडा नम्बर ५ पिपलचौरी बस्ने अन्दाजी ५८ वर्षीय दमसेर राईको मृत्यु भएको हो ।
गुडिरहेको ट्याक्टरमा सवार राई अचानक खसेर घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा चिकित्सकले मृत्यु घोषित गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले जानकारी दिनु भयो ।
दुर्घटनामा संलग्न ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको र ट्याक्टर चालक भने घटनास्थल बाटै फरार रहेकोले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्