तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नगढी । कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । जीपको ठक्करबाट स्थानीय शङ्कर डगौराको मृत्यु भएपछि आफन्तजनले बिहानै देखि घोडाघोडी नगरपालिका(२ स्थित पूर्वपश्चिम राजमार्गमा अवरोध गरेका छन् । उनीहरूले पिडित परिवारलाई उचित क्षतिपूर्ति र जीप चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पछि पूर्वपश्चिम राजमार्गमा यातायातका सवारी साधन ठप्प भएका छन् । अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयासमा प्रहरी लागि परेको छ ।

आज बिहान जिल्लाको घोडाघोडी नगरपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गमा तरकारी बोकेको लु २ च २३५८ नं को जिपले ठक्कर दिँदा साईकलयात्री बर्दगोरिया गाउँपालिका-६ का शङ्कर डगौराको मृत्यु भएको प्रहरी निरीक्षक लोकराज जोशीले बताउनु भयो । गम्भीर घाइते डगौराको उपचारका लागि अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको बताइएको छ । यस्तै, जिपको ठक्करबाट स्थानीय कृष्ण डगौरा, पदम शाही, हर्क डगौरा घाइते भएका छन् । घाइते सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। घाइते तिनै जना पैदलयात्री हुन् ।

घटनापछि जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button