दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय
काठमाडौँ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ साल फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिता फागुनको पहिलो साता आयोजना गर्ने निर्णय गरेको हो ।
खेलकुद मन्त्रीको रूपमा आएपछि पहिलो बोर्ड बैठकबाट बब्लु गुप्ताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्णय गराउनुभएको हो । २०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदको झण्डा लिएको थियो ।
प्रत्येक दुई वर्षमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद गत वर्ष आयोजना हुन सकेन । कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगितामा पूर्व निर्धारित सबै ३६ खेलमा प्रतिस्पर्धा गराइनेछ ।








प्रतिक्रिया राख्नुहोस्