प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ I प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल ले जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मत बहादुर बिष्ट र सहायक रथी विष्णु कुमार खड्का लाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

सो अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानी लाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरू, पदोन्नति भएका रथीवृन्द र अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो।








प्रतिक्रिया राख्नुहोस्