नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु
चितवन । नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२० का पूर्णचन्द्रको नारायणीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान भरतपुर–१७ मझुवा बनस्थित नारायणी नदीमा बग्दै गरेको अवस्थामा अर्याललाई अचेत अवस्थामा उद्धार गरिएको थियो ।
उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा दिउँसो १२ः४० बजेको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्