दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता सुरु
काठमाडौँ । दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता शुक्रवारबाट सुरु भएको छ ।
नेपालगन्ज पौडी सङ्घको आयोजनमा जारी प्रतियोगितामा सगरमाथा पौडी क्लब ललितपुरकाका राजिवन जिरेलले दोहोरो स्वर्ण पदक जितेका छन् । जिरेलले यु–८ ब्वाइज ५० मिटर ब्याक स्ट्रोक र २५ फ्रि स्टाइलमा स्वर्ण पदक चुमे ।
ब्वाइज ५० मिटर ब्याक स्ट्रोकमा आदर्श माध्यमिक विद्यालय नेपालगन्जका युभान श्रेष्ठ दोस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भए । यसैगरी ब्वाइज २५ मिटर फ्रिस्टाइलमा शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगरले रजत तथा र आदर्श मावि नेपालगन्जका युभान श्रेष्ठले कांस्य पदक हात पारे ।
यसैगरी सगरमाथाकै छियाना महर्जनले यु ८ गर्ल्स २५ मिटर फ्रिस्टाइल र ब्याक स्ट्रोकमा स्वर्ण पदक पदक जितिन् । गर्ल्स २५ मिटर फ्रिस्टाइलमा आदर्श माविकी समृद्धि न्यौपानेले दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मीले तेस्रो स्थान हासिल गरेका छन् ।
गर्ल्स २५ मिटर ब्याकस्ट्रोकमा आदर्श माविकी समृद्धि न्यौपानेले रजत तथा शिखा एकेडेमीकी काफिया चलाउनेले रजत पदक जिते । प्रतियोगितामा यु–८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका साथै खुल्ला गरी १५० भन्दा बढी खेलाडीको सहभागिता छ ।
 
				

 
					 
					




प्रतिक्रिया राख्नुहोस्