राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा खड्का नियुक्त
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त हुनुभएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले सातदोबाटोस्थित मुख्यालयमा खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो ।
सिनियर महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक खड्का हाल एन्फामा ‘टेक्निकल डाइरेक्टर’का रुपमा कार्यरत हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्