झापाको खजुरगाछी बजारमा आगलागी, करोड बढीको क्षति
झापा । झापाको खजुरगाछी बजारमा भीषण आगलागी हुँदा करोड बढीको क्षति भएको छ ।

गएराति १० बजे गौरीगंज गाउँपालिका–६ खजुरगाछी बजार बस्ने चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत् सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट नायकको पसलसँगै घर र नजिकै रहेको राजेन्द्र ढकालको इँटाको गारो र टिनको छाना भएको २ तले आठ कोठे घर पनि जलेर नष्ट भएको छ ।
आगलागीबाट नायकको टिनको छाना भएको, टिनले सेन्ट्रीबेरा गरेको एकतले ३ कोठे पसल र पसलभित्रका सम्पूर्ण सरसामान जल्दा ठूलो क्षति भएको छ । आगलागीबाट त्रिभुवन आदर्श पुस्तकालयमा पनि क्षति पुगेको छ ।
प्रहरी, गौरादह र शिवसतासी नगरपालिका र कमल गाउँपालिको दमकल तथा स्थानीयवासीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्