तपाईँ सुन्दै हुनुहुन्छः

२ लाख राशिको ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुने

बागलुङ । भलिबलको उर्वर भूमि मानिने पश्चिम बागलुङको गलकोट नगरपालिकामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको समन्वयमा ‘गलकोट कप’ हुनेछ ।

‘गलकोट कप’मा खुला वडास्तरीय हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख एक हजार एक सय ११, द्वितीय पुरस्कार एक लाख एक हजार एक सय ११ र तृतीय पुरस्कार ५० हजार एक सय ११ रुपियाँ रहेको छ ।

‘गलकोट कप’को दोस्रो आर्कषण भेट्रान्स भलिबल प्रतियोगिता पनि रहेको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीयलाई ६० हजार र तृतीय हुनेलाई नगद ३५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ‘गल्कोट कप’ कात्तिक १७ देखि ३० गतेसम्म चल्ने प्रतियोगिताका संयोजक होम थापाले जानकारी दिनुभयो ।

गलकोट कप’मा आमा समूहको बाजा नाच, सामूहिक लोकनृत्य, एकल नृत्य, पालिका स्तरीय महिला भलिबल, माछा छोप्ने प्रतियोगिता लगायतका आकर्षण रहेका छन् । त्यसैगरी हेलिकप्टरबाट गलकोटको दृश्य अवलोकनसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू रहेको संयोजक थापाले बताउनुभयो । ‘गल्कोट कप’मा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुती समेत रहने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button