काभा भलिबल : नेपाललाई पाँचौँ स्थान
काठमाडौँ । नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा पाँचौँ स्थान हासिल गरेको छ ।
मङ्गलवार ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर रंगशाला मङ्गलवार पाँचौँ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा पराजित गर्यो । नेपालले सुरुआती दुई सेट २९–२७, २५–२० ले आफ्नो पक्षमा पारेको थियो । निकै प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले ३५–३७ ले गुमायो । सुरुवातदेखि नै हावी बनेको चौथो सेटमा नेपाल २५–१९ ले विजयी भयो ।
प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक हराएको हो । लिग चरणमा पनि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । लिग चरणमा नेपालले तुर्किमिनिस्तान, अफगानिस्तान र श्रीलङ्कासँग समान ३–० तथा बङ्गलादेशसँग ३–२ सेटको हार बेहोरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्