तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त युवा तथा खेलकुद मन्त्री गुप्ताद्वारा पद बहाली

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पद बहाली गर्नुभएको छ । 

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर समेत गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवा समेत हुनुहुन्छ । उहाँ सामाजिक कार्यमा पनि उतिकै सक्रिय हुनुहुन्छ । 

मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निःशुल्क खाना खुवाउने अभियान चलाउनुभएको थियो । त्यसैगरी उहाँले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button