तपाईँ सुन्दै हुनुहुन्छः

भैलो खेल्न भाइबहिनीको साथी गएकी बालिका हप्तादेखि बेपत्ता 

सुनसरी । तिहारको लक्ष्मीपूजाको दिनदेखि हराएकी बालिका अझै फेला परेकी छैनन्। लक्ष्मीपूजा सकेर आफ्ना दुई भाइ–बहिनीसँग देउसी भैलो खेल्न घरबाट निस्केकी बालिका हराएको एक हप्ता बितिसक्दा पनि उनको कुनै अत्तोपत्तो लागेको छैन। 

सुनसरीको इनरुवा–५, बलाहा नेवार टोलकी १४ वर्षीया बालिका भावना पाण्डे लक्ष्मीपूजाको साँझदेखि बेपत्ता भएकी हुन्। अझैसम्म पनि उनको अवस्थाबारे कुनै जानकारी नभएको बालिकाकी आमा बालकुमारी पाण्डेले बताउनुभयो। आमा बालकुमारीका अनुसार आमाले नै बालिकालाई भाइबहिनीको साथी जान भनेर भैलो खेल्न पठाएको बताउनुभयो ।

बालिकाको खोजीमा प्रहरीले सक्रियता देखाए पनि हालसम्म फेला पार्न सकेको छैन। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार प्रहरीले सबै युनिटहरू र भारतीय प्रहरीसँग समेत समन्वय गर्दै खोजी कार्यलाई गम्भीरतापूर्वक अघि बढाइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button