तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलको अर्को महान् पर्व समाचकेवा आजदेखि शुरु हुँदै

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व आजदेखि शुरु हुँदै छ ।

दिदीबहिनी तथा दाजुभाइको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष पञ्चमी तिथिका दिनदेखि शुरु भएर पूर्णिमासम्म चल्ने यस पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य तथा ऐश्वर्यको गाथा परम्परागत गीत मार्फत अभिव्यक्त गर्ने गरेका छन् ।

प्रत्येक साझ दिदीबहिनीले समूहमा भेला भएर गाउँ तथा नगरको चोकमा भेला भएर सामूहिक रुपमा गीत गाएर समाचकेवा पर्व मनाउने गरेका छन् । यसमा समा, चकेवा, बुन्दावन, चुक्ला, चुक्ली सहितका अन्य पंक्षीहरुको माटोको प्रतिमा बनाउने चलन रहेको छ । डालामा राखेर प्रत्येक दिन दियो बाली समाचकेवा पर्व खेल्ने चलन रहेको छ ।

बढ्दो सहरीकरणका कारणले समाचकेवा पर्वमा केही कमी आए पनि ग्रामीण क्षेत्रमा अहिले पनि जीवन्त रहेका छन् । 

कार्तिक शुक्लपक्ष पूर्णिमा तिथिका दिन दाजुभाइले समाचकेवालाई तिघ्रामा राखेर फुटाल्ने चलन रहेको छ । समाचकेवा फुटाएपछि नयाँ च्युरा तथा गुणले फाड भर्ने चलन रहेको छ । त्यसपछि दाजुभाइलाई राम्रो खाने कुरा खुवाउने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button