मन्त्रिपरिषद विस्तार हुँदै, आजै दिउसो २ बजेपछि शपथको तयारी

काठमाण्डौ । प्रधानमनत्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । आज विस्तार हुने मन्त्रिपरिषदमा चार जना मन्त्रि थपिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार विस्तार हुने मन्त्रिपरिषदमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता मन्त्रि बन्नु हुनेछ । उहाँहरुलाई जिम्मा दिइने मन्त्रालयका बारेमा बालुवाटारमा अन्तिम छलफल भइरहेको छ । नयाँ मन्त्रिहरुलाई दिइने भनी अहिले चर्चामा रहेका मन्त्रालयहरुमा हेरफेर हुनसक्ने स्रोतले बताएको छ । विस्तारसँगै मन्त्रिपरिषद ११ सदस्यीय हुनेछ ।
नवनियुक्त मन्त्रीहरुको आजै दिउसो सवा दुई बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण हुने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयबाट जानकारी गराइएको छ ।








प्रतिक्रिया राख्नुहोस्