पोखराका मुख्य ४ ठाउँमा छठ पर्व मनाइने
पोखरा । पोखरामा यस वर्षको छठ पर्व विशेष गरी ४ ठाउँमा धुमधामका साथ मनाइने भएको छ । तराई मधेषका समुदायलाई पोखराका विभिन्न स्थानमा छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले यस वर्ष पनि मुख्य गरी पोखराका ४ ठाउँमा हर्ष र उल्लासका साथ मनाउन तयारी गरिएको हो ।

पोखरामा आज भन्दा करिब २६ वर्ष अघि सुरु भएको पोखरा नदीपुरको नारायण थान मन्दिर परिसरबाट बिस्तार हुँदै ४ ठाउँसम्म व्यवस्थित र झकिझकाउका साथ छठ पर्व मनाउन आजदेखि सरसफाई गर्न थालिएको छ ।
पोखरा लेकसाइडस्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणी धाम (कालिखोला) सेती नदी किनार र कमल पोखरीमा छठ पूजा धुमधामका साथ मनाउन शनिबारदेखि सरसफाई सहित झिलिमिली बत्तीले झकिझकाउ बनाइउन थालिएको नारायण थान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताले बताउनुभयो ।
सूर्यका भक्तहरूलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढङ्गबाट पूजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य चार ठाउँमा छठ पूजा समितिले सरसफाई देखि आन्तरिक व्यवस्थापनमा जुटेको हो ।








प्रतिक्रिया राख्नुहोस्