टिकापुरमा एक घरबाट करिब १५ लाखको चोरी
काठमाडौँ । कैलालीको टिकापुर नगरपालिकास्थित बसपार्क नजिक स्थानीय भक्त टमट्टाको घरबाट भाइटिकाको दिन राति ३ तोला सुन, ५ लाख नगद र अन्य सामानहरूसहित करिब १५ लाख बराबरको धनमाल चोरी भएको छ ।

राति घरमा कोही नभएको मौका छोपी लुटेराहरुले लुटपाट गरेको घरधनी भक्त टमट्टाले बताउनुभयो । तिहार मनाउन आफूहरू गाउँको घरमा गएको बेला मौका छोपी लुटेराहरुले धनमाल लुटेको उहाँले जानकारी दिनुभयो ।

लुटेराहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्