पोखरामा होटल अकुपेन्सि ५० प्रतिशत
पोखरा । पर्यटन नगरी पोखरामा होटल अकुपेन्सि ५० प्रतिशत पुगेको छ ।
तिहार पर्वको सन्दर्भमा देशभित्रका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकहरूका कारण पोखराका पर्यटकीय होटेलहरूमा अकुपेन्सि बढेको होटल सङ्घ पोखरा नेपालले जनाएको छ ।

पोखराका पर्यटकीय स्तरका होटेलहरूमा करिब ५० प्रतिशतसम्मका कोठा भरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । तिहारको अवसरमा देउसी–भैली खेल्ने, फेवाताल घुम्ने, सराङकोट, विश्वशान्ति स्तूपा, विशाल महादेवको मूर्ति, बेगनासताल जस्ता पर्यटकीय स्थल भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको सङ्ख्या उल्लेख्य बढेको पर्यटन व्यावसायीहरुले बताउनुभयो ।
पर्यटनको सिजन सुरु भएसँगै जेन्जी आन्दोलनले प्रभावित भएको पर्यटन क्षेत्र बिस्तारै उकालो लाग्न थालेको सुवेदीले जनाउनुभयो । पोखरामा हाल पर्यटकीय स्तरका करिब १ हजार २ सयभन्दा बढी होटल सञ्चालनमा छन्, जसले एकै रातमा करिब ४० हजार पर्यटकलाई आवास व्यवस्था गर्न सक्ने क्षमता राख्छन् ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम जारी छ । यसअन्तर्गत विभिन्न खेलकुद, सांस्कृतिक र संगीतसम्बन्धी गतिविधिहरू आयोजना हुँदै छन् ।







प्रतिक्रिया राख्नुहोस्